तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउदैँ

फाइल तस्बिर

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक यहि फागुन १५ गते बैतडी आउनुहुने भएको छ । पाटनमा रहेको सिटिइभिटिवाट मान्यताप्राप्त भिमदत्त पोलिटेक्निक इन्ष्टिच्यूटको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ बैतडी आउनुहुने भएको हो ।

इन्ष्टिच्यूटको भवनका साथै छात्राबासको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारीको पाटन नगरपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाग्नुभएको हो ।

स्वास्थ्य चौकीको निरीक्षण
बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ स्थित देहीमाण्डौं स्वास्थ्यचौकीको निरीक्षण गरिएको छ ।  नगरप्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशी लगायतको टीमले स्वास्थ्य चौकीको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा स्वास्थ्य संस्थामा विभिन्न समस्या देखिएकाले ती समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख थापाले बताउनुभयो । स्वास्थ्य चौकीस्तरबाट समाधान हुने समस्या र नगरपालिकास्तरबाट समाधान हुने समस्याका बारेमा जानकारी लिइएको उहाँले बताउनुभयो । स्वास्थ्यचौकीको व्यवस्थापनमा समस्या देखिएकाले ती समस्या समाधानका लागि पहल गरिने नगर उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्ने उद्देश्य स्वास्थ्य संस्था अनुगमनको कार्य राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button