तपाईँ सुन्दै हुनुहुन्छः

‘तस्करी गर्ने कसैले बचाउन सक्दैन’

पर्सा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारत सिमा क्षेत्रका व्यापारीले राजस्व छलेर तस्करीको कारोबार गरेमा कसैले बचाउन नसक्ने बताउनु भएको छ ।

पर्साको छिपहरमाई गाउपालिकाको भीस्वा बजारमा शनिबार स्थानीय व्यवसायिहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले भिष्वा नेपालको सिमाक्षेत्रको बजार रहेको हुँदा बीरगंजबाट विल सहित आएका सामानमा प्रहरीले पक्राउ गरी दुःख दिन नहुने बताउनु भयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय व्यवसायिहरुलाई राजस्व छल्ने काम नगर्न आग्रह गर्दै नेपालकै समान नेपालमै पक्राउ गर्न नहुने र बिरगंजबाट भीस्वा ल्याउदै गरेका सामान विना झन्झट प्रहरी प्रशासनले ल्याउन दिन निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं सांसद लक्ष्मण लाल कर्णले भंसारमा चेकजाच गरी छाडेको सामान प्रहरीले विच विचमा दुःख दिनु राम्रो विषय नभएको बताउनु भयो ।

केही दिन अगाडी भिस्वा बजारका व्यवसायिहरुले बीरगंजबाट ल्याएको सामान प्रहरीले पक्राउ गरि भन्सार बुझाएको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button