तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिन्न : प्रचण्ड

फाइल तस्बिर

जनकपुरधाम । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय सचिवालयमा छलफल भएको र प्रतिवेदन परिमार्जनसहित पारित हुने बताउनुभएको छ ।

आइतबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी हुन पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्र र जनताको पक्षमा हुने गरि एमसीसीको प्रतिवेदन परिमार्जन गरेर पारित हुने बताउनुभयो ।

उहाँले, अहिले प्रधानमन्त्री फेरिने विषय हल्ला मात्र भएको र वास्तविकता त्यो नभएको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म सरकार परिवर्तन नहुने बताउनुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले प्रदेश नंं २ को सरकार परिवर्तनको विषयमा राजपा तथा फोरमसंग कुराकानी भैरहेको तर कहिले परिवर्तन हुने हो त्यो भन्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले सञ्चारमन्त्रीको विषय कानूनी र अनुसन्धानको विषय भएको बताउदै यस विषयमा सार्वजनिक लेखा समिति तथा अख्तियारले छाननविन गरिरहेकोे बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button