तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा कविता प्रतियोगिता सम्पन्न

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निराश भएर पलायन भएका सम्पूर्ण युवाहरुलाई स्वदेश फर्की समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

नयाँ किरण समूह र टोखा नगरपालिकाले संयुक्त, रुपमा आज राष्ट्रिय सभागृहमा आयोजनामा गरेको राष्ट्रिय युवा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक उपलब्धीपछि सामाजिक स्वतन्त्रता बढ्दै गएकाले युवाहरु जुटेर आर्थिक विकास गर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले साहित्य राजनीतिभन्दा माथि हुने भएकाले स्रष्टाहरुले जनप्रतिनिधिहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ किरण समूहका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राष्ट्र निर्माणमा युवाहरुको सहभागिताका लागि साहित्यमार्फत् सम्पूर्ण युवाशक्तिलाई एकै ठाउँमा ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल भाषा साहित्यमा बिशेष योगदान गर्नुहुने साहित्यकार पूर्ण बैद्यलाई सम्मान गरिएको थियो ।

नयाँ किरण समूहले देशभरीबाट आह्वान गरेको झण्डै दुई सय प्रतियोगी कवितामध्येबाट छ वटा कवितालाई पुरस्कृति गरेको छ ।

प्रतियोगितामा प्रथम हुने कवि किशोर आचार्यलाई रु ५० हजार नगदसहित सम्मानपत्रले पुरस्कृति गरिएको छ ।

त्यसैगरी प्रतियोगितामा केशव भट्टराई दितिय र जीवन आरोहीको कविता तृतीय स्थानमा पर्न सफल भएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सास्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button