तपाईँ सुन्दै हुनुहुन्छः

जनता प्रति उत्तरदायी भई काम गर्न आईजिपीको निर्देशन

बीरगंज । प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले जनता प्रति उत्तरदायित्व भई शान्ति सुरक्षालाई सवल र सक्षम बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैयामा आज आयोजित वारा, पर्सा, रौतहट जिल्लाका नेपाल प्रहरीका प्रमुख तथा मातहतका इलाका, सिमा, प्रहरी चौकीका युनिट प्रमुखहरुको भेलालाई सम्बोधन गर्दै मानव अधिकारको ख्याल गरेर अपराधीहरुले उन्मुक्ति नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

उहाँले कोही निर्दोष नफसुन, दोषी नछुटुन भन्ने अभिप्रायका साथ निष्पक्ष रुपमा प्रहरी संगठन अपराध नियन्त्रणका लागि अहोरात्र खटि रहेको बताउदै खुला सिमा क्षेत्रको कारण अपराध नियन्त्रण चुनौती पूर्ण रहेको हुँदा सिमा क्षेत्रमा खटिने सुरक्षाकर्मी बढी सचेत हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले वारा, पर्सा, रौतहट लगायत भारतीय सिमासँग जोडिएका जिल्लाहरु अवैध लागु औषधको कारोवार तथा तस्करी जस्ता अपराधलाई नियन्त्रण गर्न जिल्ला स्थित सुरक्षा प्रमुखलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button