तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिदा ५ प्रहरी सहित ६ घाइते

बीरगंज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहा स्थित सडक खण्डमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिंदा भएको दुर्घटनामा ५ जना प्रहरी सहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत ४ जना असई, १ सिपाही र १ जना मानसिक सन्तुलन गुमाएकी महिला घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

पथलैयामा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ब्रिफिङमा जाने क्रममा आज विहान ना १ झ १३३१ नम्बरको प्रहरीको भ्यानलाई विपरीत दिशाबाट आएको ना ६ ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button