तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा चैत २८ र २९ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा आगामी चैत २८ र २९ गते काठमाडौमा हुने भएको छ ।

आइतबार महासंघको कार्यलय टेकुमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गर्दै साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ ।

यो साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन गर्ने छ ।

निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एउटा प्यानल निर्वाचनमा होमिदैछ भने अर्कोतर्फ किशोर प्रधानसहितको प्यानल नै बनिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button