तपाईँ सुन्दै हुनुहुन्छः

घोराहीको घोडदौरामा साँस्कृतिक डबली निर्माण सुरु

घोराही । घोराही उपमहानगरपालिका १८ घोडदौरामा साँस्कृतिक डबली निर्माण हुने भएको छ । प्रदेश सरकारको लगानीमा साँस्कृतिक डबली निर्माण हुने भएको हो ।

खुल्ला नाट्य घरसहितको डबली निर्माण हुने भएको हो । डबलीको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार (आज) शिलन्यास गर्नुभयो ।

डिभिजन बन कार्यालय घोराहीको निगरानीमा निर्माण हुने नाट्यघरसहितको डबली करिब साढे ११ करोडको लगानीमा लाग्ने जनाइएको छ ।

बहुुबर्षिय योजनामार्फत् निर्माण आयोजनमा पहिलो चालु बर्षमा साढे एक करोड बजेट बिनियोजन भएकोमा ९७ लाखको टेण्डर मार्फत् काम सुरु हुन लागेको हो ।

बिबिध संस्कृतिलाई प्रदर्शन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले साँस्कृतिक डबली निर्माण थालिएको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनुुभएको छ । पाहुना राख्ने र पुराना कला संस्कृति संरक्षण र प्रदर्शन गरेर आर्थिक आय आर्जनको योजना समेत बनाइएको छ ।

साँस्कृति डबलीलाई सफल बनाउन प्रदेश सरकारले घोराहीदेखि घोडदौरा जोड्ने सडकलाई दिगो र स्तरबृद्धि गर्न बजेटको बिनियोजन गरिएको समेत जानकारी दिनुुभयो । साँस्कृतिक डबली कला संस्कृतिको जगेर्ना र पर्यटन पवद्र्धन गर्ने आधार भएको समेत उल्लेख गर्नुभयो ।

उक्त क्षेत्रबाट दाङको फाँटसँगै हिमाल र रातमा घोराहीको उज्यालो हेरेर रमाउने गरी साँस्कृतिक डबली निर्माण हुन लागेको छ ।

घोडदौरामा हिल पार्कसहित चट्टानको गार्डेन बनाउने समेत योजना रहेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button