२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरका दुई बिद्यालय बालमैत्री बिद्यालय घोषणा

रोहित काफ्ले  २०७६ फागुन १२ गते १७:१६

भद्रपुर, झापा । झापाको बालमैत्री नगर बन्न उन्मूख भद्रपुर नगरपालिकाभित्र सञ्चालित दुई बिद्यालय बालमैत्री बिद्यालय घोषणा भएका छन् ।

अध्ययन अध्यापनमा उल्लेख्य प्रगति गर्दै आएको सरकारी विद्यालय भद्रपुर ७ स्थित वीरेन्द्र मावि र वडा नं ७ कै निजीस्तरको मन्टेश्वरी अक्षराम्भ विद्यालय सोमबार बालमैत्री विद्यालय घोषणा भएका हुन् ।

नगरपालिकाले अंगीकार गरेको बालमैत्रीसम्बन्धी सूचकहरु पूरा गरेका ती विद्यालयलाई छुट्टाछुट्टै समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बालमैत्री विद्यालय घोषणा गर्नुभयो ।

विद्यालयमा सञ्चालित बालमैत्री सूचकसम्बन्धी क्रियाकलापहरुको अनुगमनपछि ती विद्यालयलाई बालमैत्री विद्यालयका रुपमा घोषणा गर्न नगरपालिकाले अनुमति दिएपछि विद्यालयहरुले आयोजना गरेको समारोहका बीच ती विदालयलाई बालमैत्री घोषणा गरिएको हो ।
ती विद्यालयले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका अलग अलग सूचकहरु पूरा गरेकोले बालमैत्री विद्यालय घोषणा गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यही चैतभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको र वडा नं ७ घोषणाको चरणमा रहेको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले जानकारी दिनुभयो ।