तपाईँ सुन्दै हुनुहुन्छः

मगर दिवसमा तनहुँको म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी राना आलेले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । विसं २०६८ को जनसङ्ख्या अनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।

कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार एक सय ७५ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button