तपाईँ सुन्दै हुनुहुन्छः

सीपी मैनाली चढेको गाडी दुर्घटना, पाँच जना घाईते, दुईको अवस्था गम्भीर

बर्दिवास । नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाईते हुनुभएको छ ।

मालेका महासचिव मैनाली चढेको गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिनुभयो ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको डिएसपी चापागाईले जानकारी दिनुभयो ।

गम्भिर घाईते दुवैलाई हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भईरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिनुभयो ।

अन्य घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button