तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

बीरगंज । पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया ललितादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा अचानक ललिता देवीले लगाएको साडी मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button