तपाईँ सुन्दै हुनुहुन्छः

साहित्य सिर्जनाले राष्ट्रिय एकतालाई अझ बलियो बनाउछ : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने बताउनु भएकोछ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगिताको आज काठमाडौंको आरुवारीमा उद्घाटन गर्नुहँदै मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताउनुभयो ।

मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने धारणा राख्नुभयो ।

बाग्मती प्रदेशका भौतिक, पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य कृष्ण राईले गोकर्णेश्वर नगरपालिका साहित्यको अरुवर भूमि भएको उल्लेख गर्नुहुँदै साहित्य मार्फत चेतनाको स्तरवृद्धि हुने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले छिट्टै नगर प्रज्ञा परिषद् गठन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजिव थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्राज्ञ डाक्टर देवी नेपाल, बरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसे, कविता महोत्सवका संयोजक गोविन्द धिमिरे वेदमणि र नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्यले नगरपालिकाले देशव्यापी कविता महोत्सवको आयोजना गरेर साहित्यक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button