तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादन वृद्धि गर्दै होमस्टे

पोखरा । तनहुँको डुम्रे बजार बाट १० कि.मि.को दुरीमा पर्नेभानु नगरपालिका वडा नंं. ९ चितीखोलामा एक चिटिक्क परेको बस्ती छ ।

त्यहाँवरपर देखिने डाँडाकाडा, सफा सडक, चिटिक्क परेका घर,मनमोहकप्राकृतिक छटा र मगर संस्कृति रहेको चितीखोलागाउँ यति बेला पर्यटकलाई स्वागतगर्न गेटमै आतुर भएर बसेको छ । गाउँको अर्गानिकखानाख्वाउन र होमस्टेको संस्कृतिमा रमाउन यहाँको ग्रामिण वस्तीले अहिँले पर्यटक खोजी रहेको छ ।

यहाँका २३ घरधुरी मगर समुदायले ग्रिनहिलभिलेज सामुदायीक होमस्टे संचालनमाल्याएका छन् ।
यो होमस्टेमा एक सय जनाबाँस बस्न मिल्नछ । होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत आवश्यक सबै सामान राखिएका छन् ।
पाहुनाकालागि खाना र बस्नकालागि प्याकेज र मेनु पनिबनाइएको छ । यहाँको सबैभन्दा प्रख्यात खाना मकैको चिया,पानी अमलाको जुस,पुदिनाको जुस,टिमुरको छोप,कोदोको जुस,तरुलको चिप्स,साँधेको गुन्द्रुक,मेवाको जाम,तरुलको खिर र कोदो प्यान केक हुन् ।

यसको अलवा यहाँ फाँपर,गाजरको हलुवा,सेलरोटी लगाएत स्थानिय परिकारका साथै खसी,बोका,कुखुरा,हाँस लगाएतको मासु पनि खन पाईन्छ । यी स्थानिय स्तरमा उत्पादित अर्गानिक खानाले यहाँ आउने जोकोही पर्यटको पनि मन आकर्षण गर्छ । यहाँको संस्कृति समेत मन लोभ्याउने खालको छ । होमस्टेमा आउने पर्यटकले रोटे पिङको मज्जा लिन समेत पाउनेछन् । यस होमस्टे सञ्चालनगर्न गण्डकी प्रदेश सरकारले १० लाख र नगरपालिकाले १० लाख रकम आर्थीक सहयोग गरेका छन् ।

उक्त होमस्टेको शुक्रबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथावातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री लम्सालले होमस्टे ग्रामिण पर्यटनको अभिन्न अंग रहेको बताउनुभयो । पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको भन्दै उहाँले ग्रामिण भेगको पर्यटन प्रवद्र्धन भएमा मात्र समृद्ध प्रदेश बन्न सक्ने बताउनुभयो ।

प्रदेश भित्र ३ सय होमस्टेहरुलाई व्यवस्थीत बनाउने तयारीका साथप्रदेश सरकार लागिपरेको बताउदै होमस्टेबाट गण्डकी प्रदेशका धेरै मानिसहरुले रोजगारी पाएको दाबी गर्नुभयो ।

प्रदेश सरकारले ग्रामिण भेगमा होमस्टेको प्रवद्र्धन गर्न थालेपछि गाउँमा रोजगारी सिर्जना, लोपोन्मुखकला संस्कृतिको जगेर्ना मात्रनभएर ग्रामिण भेगमाउत्पादन समेत वृद्धि भएको दबी गर्नुभयो । यहाँको प्राकृतिक, साँस्कृतिक, एतिहासिक पृष्ठभूमिलाई जोड्दै होमस्टे प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य राम ब.गुरुङले ग्रामिण भेगको पर्यटन प्रवद्र्धन गर्न होमस्टेको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

गाउँमा आउने पाहुनाले विभिन्न संस्कृतिकका सथौ सुपथमुल्यमा बास बस्न मिल्ने व्यवस्था गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धन कु.सारु मगरले बताउनुभयो ।

कौडा, झ्याउरे, दोहोरी, ठाडो भाका लगायतका मनोरञ्चनात्मक कार्यक्रम यहाँ हेर्न पाइन्छ उहाँले भन्नुभयो, यस गाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न हामी स्थानियवासी एकजुट भएका छौँ ।
गण्डकी प्रदेशका ३ सय गाउँमा होमस्टे सञ्चालन भएका छन् । होमस्टे सञ्चालन पछि गाउँमा उत्पादन बढेको छ भने लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृतिको समेत जगेर्ना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button