तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले भूमिहीन सुकुम्बासी किसानलाई जमिन किनेर भएपनि बसोबासको व्यवस्था मिलाउने : मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले भूमिहीन सुकुम्बासी किसानलाई जमिन किनेर भएपनि बसोबासको लागि व्यवस्था मिलाउने तयारीमा रहेको बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ सम्झना चोकमा भुमिहीन किसानलाई जग्गाधनी पूर्जा बितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पोख्रेलले सरकारले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि राष्ट्रिय भुमि आयोग गठन गरी जमिनको सबै समस्या समाधान गर्दै भविष्यमा भूमि सम्बन्धि कुनै पनि समस्या उत्पन्न नहुने गरी काम गर्न जुटेको जानकारी दिनुभयो ।

बैजनाथ गाउँपालिकाले वडा नम्बर ६ का १ सय १३ घरघुरीलाई प्रक्रिया पूरा गरी निःशुल्क रुपमा जग्गाधनी पूर्जा उपलब्ध गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button