तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी जग्गा हुकुम्वासीको कव्जामा : मन्त्री अर्याल

महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिव निवारणमन्त्री पद्यमा अर्यालले सरकारी जग्गामा सुकुम्बासी भन्दा हुकुमवासीले राज गरिरहेको बताउनु भएको छ ।

नेपाल सरकारले काठमाडौंबाट शुरु गरेको अतिक्रमित जग्गा खाली गराउने अभियान अन्र्तगत महोत्तरीमा गौशालामा आईपुगेको मन्त्री अर्यालले सञ्चारकर्मीसँग कुराकानीको क्रममा बताउनु भएको हो ।

यस अभियानको क्रममा निगौल गाई गौशाला व्यवस्थापन जग्गाबाट विस्थापित भएका घरपरिवारलाई स्थानीय सरकारले जिम्मा लिईएको र व्यवस्थापनको क्रममा रहेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

आजै दिउँसो निगौल गाई गौशाला व्यवस्थापनको अधिनमा रहेको ३० वटा घर डोजर लगाई भत्काईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button