तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ चयन

बीरगंज । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । महासंघको आज सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिवमा दिवाकर भण्डारी, सचिवमा फणीदेव महत, सहसचिवमा परिश कर्ण र गणेश साह रहेका छन् ।

यसैगरी समितिको सदस्यमा बिजय चौहान, श्याम गुप्ता, अच्युतम सापकोटा र नविन कुमार नवल चयन भएका छन ।

यसअघि अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछाने, नेपाल फोटोपत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मी, केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचीव गुरुप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button