तपाईँ सुन्दै हुनुहुन्छः

दादुरा रुवेला खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियान २०७६ सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन भएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक जोगिन्द्र प्रसाद चौरसियाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष रामाशिष यादव, सोनालाल चौरसिया, छोटेलाल चौरसिया लगायतकाले अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कालिकामाई गाउँपालिकाको मुडलीमा रहेको स्वास्थ्य चौकीमा आयोजित अभिमुखिकरण कार्यक्रममा आगामी फागुन २२ गते देखी २९ गते सम्म गाउँपालिकाको वडा नम्बर १ देखि वडानम्बर ५ सम्म २ वटा समुहमा अभियान सञ्चालन गरिने संयोजक चौरसियाले बताउनुभयो ।

सात दिनसम्म सञ्चालन हुने अभियानमा जन्मे देखि पाँच बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउईने र नौ महिना देखि पाँच बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने समेत चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button