तपाईँ सुन्दै हुनुहुन्छः

१५ दिने मिथिला परिक्रमाका यात्रीहरु धनुषाको पर्वतामा

जनकपुरधाम । १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज धनुषा जिल्लाको पर्वता आईपुगेका छन् ।

धनुषाको धनुषाधामा नगरपालिकाको पर्वतामा आईपुग्दा धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल, उप–प्रमुख सहित स्थानीय बाँसी, धनुषाधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले परिक्रमा बाँसीलाई भव्य रुपमा स्वागत गरेको छ । पर्वतामा महादेवको ऐतिहासिक मन्दिर रहेको छ ।

मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।

नेपाल भारतको साझा सांस्कृति तथा धार्मिक धरोहरको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज बिहान महोत्तरीको कन्चन वनबाट हिडेर पर्वता आईपुगेका हुन ।

परिक्रमा मार्गको बीच भागमा पर्ने क्षिरेश्वरनाथ नगरपालिकाले परिक्रममा सहभागी भएका तीर्थयात्रीहरुलाई महेन्द्रनगरमा भव्य स्वागत गरेको छ ।

नगरप्रमुख योगेन्द्र पजियारको अगुवाईमा तीर्थयात्रीहरुलाइ स्वागत गर्नु भएको छ । उक्त ठाउँमा भव्य भण्डाराको आयोजना गरिएको र सात हजार तीर्थयात्रीले भण्डारामा सहभागी भएर प्रसाद ग्रहण गरेका छन् ।

फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामको हनुमान गढीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु नेपाल भारतको एक सय ३३ किलोमिटरको दूरी १५ दिन लगाएर पुरा गर्ने गरेका छन् ।

परिक्रमामा सहभागी भएर १५ वटै धार्मिकस्थलको भ्रमण गरेको खण्डमा परिवार जनको कल्याणका साथै विशेष फल प्राप्त हुने जन विश्वास रहेका कारणले यस यात्रामा नेपाल भारतका लाखौँ भक्तजन सहभागी हुने भएकाले यसलाई महाकुम्भ पनि भन्ने गरिन्छ ।

करिव चार सय वर्ष अगाडीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु फागुन २५ गते जनकपुरधाम पुनः फर्केर २६ गते पञ्चकोशी अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्केर होली खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button