तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको हल्लाले जनकपुरमा मास्कको कृत्रिम अभाव

जनकपुरधाम । कोरोना भाईरसको हल्लाका कारणले जनकपुरधाममा साधारण मास्क ेखि मेडिकेटेड मास्कको व्यापक मात्रामा कृत्रिम अभाव सृजना गरिएको छ ।

खास गरेर मास्क नपाएपछि स्वास्थ्य क्षेत्रमा काम गर्नेदेखि सर्वसाधारण व्यक्तिसम्म समस्यामा परेका छन् ।

जनकपुरधाममा रहेका औषधी पसलदेखि सर्जिकल पसलहरुमा मास्क पाउनमा समस्या भएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत गर्ने सरिता न्यौपानेले जनकपुरधामको रामानन्द चौकदेखि जनकपुर अञ्चल अस्पताल क्षेत्रको आधा दर्जन पसलमा खोज्दा पनि नपाएको बताउनुभयो ।

उहाँ मात्र होईन विश्व स्वास्थ्य संगठनको सर्भिलेन्स मेडिकल अफिसरको रुपमा प्रदेश नंं २ मा खट्नु भएका डा. श्रीराम साहले पनि जनकपुरमा मात्र होईन प्रदेश नंं २ का कतिपय जिल्लाहरुमा मास्कको अभाव सृजना भएको बताउनुभयो । उहाँले मास्कको व्यवस्थापनका लागि प्रदेश सरकारमा आग्रह गरेको बताउनुभयो ।

कोरोना भाईरसका कारणले मास्कको कृत्रिम अभाव सृजना भएको बताउदै प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले सके मेडिकेटेड मास्क, नभए कपडाको मास्क उत्पादन गरेर भएपनि लगाउनका लागि सुझाव दिनुभयो ।

उहाँले कोरोनाको भाईरस २५ डिग्रीसम्मको तापक्रममा बाँच्न सकेपनि तापक्रम बढी भएपछि आफै नष्ट हुने भएकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कारोनाबाट जोगिनका लागि हात नमिलाउने, दिनको ३–४ पटक सावुन पानीले हात धुने, माछा मासु राम्रोसँग पकाएर मात्र खाने, पशु चौपायाको संसगबवाट टाढा रहनका लागि सुझाव पनि दिनुभयो ।

यसैगरी नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार महाशाखामा कार्यरत रहेका लक्ष्मी मरासिनीले मास्क अभाव भएका कारणले पुरानो मास्क भएपनि सावुन पानीले पखालेर लगाई रहेको बताउनुभयो ।

यसैबीच प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा कोरोना भाईरसको विषयमा छलफल गर्नका लागि प्रदेश सरकारका सबै मन्त्रीहरुको उपस्थितिमा बैठक हुन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button