तपाईँ सुन्दै हुनुहुन्छः

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको नीज क्षेत्रको हिमालय एयरलाइन्सले नयाँ जहाज भित्र्याएको छ ।

उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो ।

कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुङ्गा भएको बताउनुभयो । एयरलाइन्सले चार वर्षको अन्तरालमै ६ देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button