तपाईँ सुन्दै हुनुहुन्छः

कोराना भाइरसबाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह

महोत्तरी । बर्दिवास नगरपालिकाले कोराना भाइरस(कोभिड–१९) बाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह गरेको छ ।

बर्दिवास नगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गर्दै अहिले नै डराउनुपर्ने अवस्था नरहेपनि सावधानी अपनाउन र सचेत रहन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख बिदुर कुमार कार्कीले सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन र सभा, सम्मेलन, गोष्ठी, सेमिनार र उत्सव प्रकृतिका कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।

सर्जिकल मास्क लगाउन, हात नमिलाउन र कोरोना भाईरस नमस्कार भनेर नमस्कार गर्न आग्रह गरेको छ । सचेतना र जनचेतनाले नै जोखिम कम गर्ने माध्यम भएकोले कोरोना सम्बन्धी सचेतनाका लागि नगरपालिकाले काम गरीरहेको बताउनुभयो ।

यस क्षेत्रका स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीहरुलाई समेत तयारी अवस्थामा राखिएको बताउनुभयो । बर्दिवास केही दिन पछी बर्दिवास उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको बर्दिवास महोत्सव समेत रोक्न आग्रह गरिएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कोरोना भाईरस निगरानी र सचेतनाको लागि प्रदेश नम्बर २ को महोत्तरी लगायत धनुषा, सर्लाही, पर्सा र सिरहा लगायतका सीमावर्ती क्षेत्रको ११ स्थानमा कोरोना भाइरसको निगरानी एवं जाँचका लागि हेल्थ डेक्स स्थापना गरिएको छ ।

महोत्तरीको अधिकांस सिमानाहरु भारतसंग जोडिएकोले कोरोना भाइरस रोकथामका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का सूचना अधिकारी विजय झाले जानकारी दिनुभयो । महोत्तरीको सीमावर्ती क्षेत्र मटिहानी र भिठमोडमा कोरोना भाइरस हेल्थ डेस्क सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button