तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको कारण होली पर्वमा बीरगंजमा आयोजना हुने सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित

बीरगंज । कोरोना भाइरसबाट तराई मधेशको प्रमुख चाडको रुपमा रहेको होली पर्व नराम्रो सँग प्रभावित हुने भएको छ ।

आपसमा रङ्गारङ्ग गरी बिभिन्न रङ्ग लगाएर भव्यका साथ मनाईने होली पर्वमा कोरोना भाईरस फैलिन सक्ने आशंकाले होली पर्व भिडभाडमा नमनाउन प्रहरी प्रशासनले चेतावनी दिएको छ ।

तिनै तहका सरकारले होली पर्वमा सबैलाई सचेत रहन आग्रह समेत गरेको छ । कोरोना भाइरसबाट बच्न बीरगंजमा पनि अहिले सरोकारवालहरुले आग्रह र चेतना मुलक कार्यक्रमहरु शुरु गरेका छन । बीरगंजमा दैनिक जसो कोरोना भाइरस नियन्त्रणबारे छलफल भएका छन् ।

कोरोना भाइरसको कारण जिल्ला प्रशासन कार्यालयले सिमा नाकामा उच्च सतर्कता अपनाउनुका साथै जिल्लामा ठुला मेला महत्सव गर्ने अनुमती नदिने निर्णय गरेको छ । स्थानीय प्रशासनले ठुलो संख्यामा भिडभाड हुने कार्यक्रम गर्न नहुने , होलीको अवसरमा जमघट हुनेगरि सार्वजनिक कार्यक्रमहरु गर्न नदिने, निर्णय गरेको छ ।

प्रशासनको निर्णयपछि मुलुकको प्रमुख आर्थिक केन्द्र बीरगंजमा होली पर्वको अवसरमा गरिने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरु स्थगित भएका छन् ।

यसैविच आजैबाट नेपाल भारतको मुख्य सिमा नाका शंकराचार्य गेट नजिकै राखिएको कोरोना भाइरस विरुद्धको हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाईएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताउनुभयो ।

जिल्ला भरिका सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना भाईरसको संक्रमणको आंशका देखिने बिरामीलाई छुटै वार्डमा राखि उपचार गर्न सकिने गरी इन्सुलेसन वार्डको स्थापना गर्न प्रशासनले निर्देशन दिएको समेत प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

यता आज पोखरीया नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन होली पर्व आ–आफनै घर घरमा मनाउन र बाहिर निस्केर जथाभावी रङ्ग तथा पानी खेल्नेलाई कारवाही गर्ने निर्णय गरेको नगरप्रमुख दिपनारायण रौनियारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button