तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज नगरपालिकामा स्तनपान कक्ष निर्माण

सप्तरी । राजविराज नगरपालिकाले कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर कार्यालय आउने सेवाग्राही महिलालाई लक्षित गरी नगरपालिकाले पहिलो पटक स्तनपान कक्ष निर्माण गरेको हो ।

सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउँदा महिलाहरुलाई हुने असजिलोलाई ध्यानमा राखेर यो योजना ल्याईएको मेयर शम्भुप्रसाद यादवले बताउनुभयो ।

‘कतिपय महिला शिशु भोकाएर रुन थालेपछि काम छाडेरै हिडनुपर्ने अवस्था थियो’उहाँले भन्नुभयो , ‘अब त्यो अवस्था अन्त्य भएको छ ।’ आवश्यकता अनुसार कार्यालयमा स्तनपान कक्ष थप गरिने र अन्य वडामा पनि यो सेवालाई बिस्तार गरिने यादवले बताउनुभयो ।

हाल सप्तरीका अधिकांश स्थानीय तह तथा सेवाग्राहीको बढी भीडभाड हुने भूमिसुधार तथा मालपोत लगायतका सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माणलाई तिव्रता दिईएको छ । तर, कतिपय कार्यालयमा भने स्तनपान कक्षलाई फोहोर फाल्ने स्थानका रुपमा प्रयोग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button