तपाईँ सुन्दै हुनुहुन्छः

हजार शैयाको मेडिकल कलेजको पूर्वधार निर्माण हुदैं

महोत्तरी । महोत्तरीको बर्दिबासमा बन्न लागेको प्रदेश स्तरीय बर्दिबास मेडिकल कलेजको भौतिक पूर्वधार निर्माण गर्न बिहीबार सरोकारवला पक्षँंग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी तयार पारिएको मस्यौदामा सुझाव संकलन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक हजार शैयाको अस्पताल सहितको मेडिकल कलेज निर्माण गर्न बर्दिबास नगरपालिका–४ स्थित माइस्थानको वन क्षेत्रलाई प्रस्ताब गरेसँगै कलेजको भौतिक संरचना निर्माण गर्न प्रक्रियागत काम तिब्र गतिमा अघि बढाइएको छ ।

गत वैशाख १८ गते कलेज पूर्वधार निर्माण विकास आयोजना कार्यालयको स्थाना गरेर काम थालिएको थियो ।

एक सय एक हेक्टर क्षेत्रफलमा फैलिने मेडिकल कलेजको अस्पताल भवन, कलेज भवन, छात्र÷छात्राबास डाक्टर आवास बगैंचा, सडक लगायतका संरचानहरु बन्ने कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय बर्दिबासका प्रमुख देवी प्रसाद सुवेदीले बताउनुभयो ।

भैतिक संरचना निर्माणका लागि स्वाइल टेस्ट (माटो परिक्षण) को रिपोर्ट आइसकेको छ । प्रस्तावित स्थानमा भौतिक संरचना निर्माण गर्न उपयुक्त रहेको रिपोर्ट आएको छ ।

बिहिबार आयोजना संचालनका लागि वतावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)सम्बन्ध तयार पारिएको मस्यौदामा सरोकारवाला पक्षहरुसंग सुझाव संकलन गरिएको छ ।

पहिलो चरणमा तत्काल ८.३५ हेक्टर क्षेत्रफलमा भौतिक संरचना विस्तार गर्न लागिएको छ । भौतिक संरचना निर्माण गर्दा तीन सय रुख कटान हुने वतावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको मस्यौदामा उल्लेख छ ।

बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले कटान हुने विरुवाको दश गुणा बढी वृक्षारोपन गर्ने तयारी भइरहेको बताउनुभयो । जग्गाको खरिद गरेर भएपनि आउँदो असार–साउनमा ३० हजार विरुवा रोपिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button