तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय कलाश्री सम्मान गायक प्रधान र पुरस्कार संगीतकार रशिकलाई

काठमाडौँ । राष्ट्रिय कलाश्री सम्मान २०७६ बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आज काठमाडाँैमा एक समारोहको आयोजना गदै नेपाली गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका बरिष्ठ गायक प्रधानलाई सम्मान दिएको हो ।

यस्तै समारोहमा संगीत क्षेत्रमा बिशेष योगदान दिनुभएका संगीतकार गणेश रशिकलाई नगद रु एक लाख सहितको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिएको छ ।

समारोहमा बिभिन्न विद्याका ६ जना कलाकार र साहित्यकाहरुलाई नगद तथा प्रमाण पत्रले सम्मान तथा पुरस्कृत गएिको हो ।

पुरस्कृत हुनेमा स– सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षा, बद्रि राष्ट्रिय कलाश्री पत्रकारीता पुरस्कार पत्रकार लोचन घिमिरे, थिरछायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार कलाकार विक्रम श्री र पद्यनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट गायक शिशिर योगी पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button