बागलुङमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते
बागलुङ । बागलुङमा शुक्रबार दिउँसो गुडिरहेको मोटरसाईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् ।
आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका बिकास पौडेल घाईते हुनुभएको हो ।
रामरेखाको भित्रि सडकमा गुडिरहेको मोटरसाईकल अनियन्त्रित भई सडकबाट छ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिबप्रसाद पाठकले जानकारी दिनुभयो ।
पौडेलको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
उहाँ नेपाल बंगालादेश बैंक बागलुङ शाखाका प्रबन्धक समेत हुनुहुन्छ । गम्भिर घाईते रहेका पौडेललाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सोही मोटर साईकलमा सवार २० बर्षिय रुपेश सापकोटा भने सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्