तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सटही काउण्टरका कारण तेश्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक ठगिदै

बीरगंज । भारत हुदैँ नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकहरु प्रमुख भन्सार नाका वीरगंज आउने क्रममा भारतीय सीमावर्ती बजार रक्सौलका अबैध सटही काउन्टरको कारण ठगिने गरेका छन् ।

अध्यागमन कार्यालय बीरगंज नजिक डलर साट्ने कुनै पनि एक्सचेन्ज काउन्टरको सुविधा नहुदाँ पर्यटकहरु ठगिने गरेका हुन् ।

अमेरिकाबाट आएकी एक महिला पर्यटकले नेपाल सरकारले बीरगंजमा अध्यागमन कार्यालय स्थापना गरेको र अनएराइभल भिसाको सुविधा दिएको भए पनि डलर साट्ने एक्सचेन्ज काउन्टर नराख्दा आफुहरु ठगिएको गुनासो गरिन् ।

नेपाल सरकारको नियम अनुसार तोकिएको मुलुकबाट नेपालका कुनै नाका भएर नेपाल भित्रिने पर्यटकलाई पर्यटक भिसा बापत १५ दिनको ३० अमेरिकी डलर,३० दिनको ५० डलर र ९० दिनको लागि एक कय २५ डलर प्रवेशाज्ञा शुल्क तिरेपछि नेपाल आउन पाउने कानुनी प्रावधान रहेको छ ।

विशेष गरी यूरोपियन देशबाट भारत घुम्न आएका पर्यटकहरुले आफनो भिसा अवधी सकिएपछि अर्को देशको भिसा लगाएर पुनः भारतमा भिसा आवेदन गर्न सकिने प्रावधान रहेकोले भारत आउने पर्यटकहरु प्राय जसो भिसा सकेर नेपालमा छोटो अवधी बिताएर पुनः भारतमा घुम्न फर्किने गर्दछन् ।

नेपाल भित्रिने पर्यटकहरु ठगिएको विषयमा वीरगंज अध्यागमन कार्यालयका कर्मचारीहरुले यसमा आफुहरुको दोष नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button