तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका १६ ठाउँमा हेल्थ डेस्क स्थापना

सप्तरी । कोरोना भाइरसलाई लक्षित गरी सप्तरीका बिभिन्न १६ ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।

वलान विहुल गाउँपालिकाको वेल्ही र रामनगरकोदरकट्टि, राजविराज नगरपालिकाको राजविराज एयरपोर्ट, वोदेवरसाईन नगरपालिकाको देउरी, डाकनेश्वरी नगरपालिकाको पातो, गमरीया प्रवाह, तरही, औरही र भुतही, राजगढ गाउँपालिकाको झुटकी र वनैनियाँ, छिन्नमस्ता गाउँपालिकाको सखडा गोविन्दपुर, तिलाठी गाउँपालिकाको भन्सार गेट, हनुमान नगर कंकालिनी नगरपालिकाको गोवरगाढा र भारदहमा हेल्थ डेस्क स्थापना गरिएको यादवले बताउनुभयो ।

हरेक हेल्थ डेस्कमा दुई जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिने र दुई सिफ्टमा काम गरिने उनले जानकारी दिनुभयो ।
यसैगरी, कञ्चनरुप नगरपालिकाकाले कोरोना भारसको खतरा तथा यसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउन १० लाख रुपैयाँ छुट्याएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले यो रकम विनियोजन गरेको स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिनुभयो ।

मास्कलगायतका आवश्यक सामग्री खरिदका लागि पनि यो रकम खर्च गरिने गुप्ताको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button