तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको उत्तरी क्षेत्रमा फागु पूर्णिमा (होली)को चहलपहल खासै देखिएन

महोत्तर । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा यसपटक अन्य बर्षको तुलनामा जस्तो फागु पूर्णीमा(होली)को चहलपहल खासै देखिएको छैन् ।

कोरोना भाइरस(कोभिड १९) को लागि नेपाल सरकार र स्थानीय सरकारले सावधानी अपनाउन अपिल गरेसंगै जिल्लाको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकालगायत आसपासको क्षेत्रमा होलीको चहलपहल खासै नदेखिएको बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो ।

बर्दिवास नगर क्षेत्रमा पहाडमा खेलिने होली र मधेसमा खेलिने दुवै होली हर्षोउल्लासका साथ मनाउने गरिन्छ । बर्दिवास क्षेत्रमा मिश्रीत समुदायको बसोवास भएको कारण यस क्षेत्रमा दुवै दिन होली हर्षोउल्लासका साथ मनाइने गरिन्छ ।

होलीका दिन मुख्य बजार अन्य दिनको तुलनामा सुनसान, हरेक सडक, गल्लीमा रगं, अबिर खेल्ने युवा जमातहरु र स्थानीयहरु हुने गरेकोमा यस पटक सुनसान देखिएको सचिव खतिवडाले बताउनुभयो । बजारमा चहलपहल पचास प्रतिशतले घटेको उहाँले बताउनुभयो ।

रंग अविर बोकेकेका हरेक जमातका चहलपहल हुन्थ्यो यो पटक सुनसान रहेको स्थानीयहरुले बताएका छन् ।

नेपाल सरकार र स्थानीय सरकारले समेत भिडभाडबाट परै बस्न,ठूलो भेला,सम्मेलन, गोष्ठी, उत्सव प्रकृतिका कार्यक्रम नगर्न आग्रह गर्नका साथै सावधानी अपनाउन अपिल गरेसँगै होलीमा चहलपहल कम भएको स्थानीयहरुले बताएका छन् ।

बर्दिवास नगरपालिकाले कोराना भाइरस(कोभिड–१९) बाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह समेत गरेको छ । सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन र सभा, सम्मेलन, गोष्ठी, सेमिनार र उत्सव प्रकृतिका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

सर्जिकल मास्क लगाउन, हात नमिलाउन, भिडभाड नगर्न र कोरोना भाईरस नमस्कार भनेर नमस्कार गर्न आग्रह गरेको छ ।

सचेतना र जनचेतनाले नै जोखिम कम गर्ने माध्यम भएकोले कोरोना सम्बन्धी सचेतनाका लागि नगरपालिकाले काम गरिरहेको नगर प्रमुख बिदुर कुमार कार्कीले बताउनुभयो ।

यसैबीच प्रदेश २ सरकारले होलीको लागि लगातार दुई दिन सार्वजनिक बिदा दिएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।

प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button