तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज जेसीजले कार्यालयमा होली मनायो

राजविराज । राजविराज जेसीजले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै भिडभाड नगर्न र घरमै होली खेल्न अपिल गरेपछि राजविराज जेसीजले जेसीज भवनमा अबिरको टिका लगाएर होली कार्यक्रम गरेको छ ।

राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहर पोखरेल र सन्तोष सिन्हाले सहभागीहरुलाई अबिरको टिका लगाएपछि सहभागीहरुले पालैपालो एकआपसमा अबिर लगाएर शुभकामना आदाप्रदान गरे ।

राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षतामा भएको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले विकासका लागि युवाहरुमा सकारात्मक सोचको आवश्यकता रहेको बताउनु भयो । होलीमा सबैबीच एकता र सदभावको सन्देश पु¥याउन जेसीजका सदस्यहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वक्ताहरुको भनाई थियो ।

कोरोना भाइरसको संक्रमण त्रासका कारण सप्तरीमा संस्थागत रुपमा आयोजना हुने अधिकांश होली कार्यक्रम स्थगन गरिएको छ । व्यक्तिगत रुपमा मनाइएको यो पटकको होलीमा विगत जस्तो उल्लास देखिएन ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारी गरेर धेरै ठूलो समूहमा जम्मा भएर होली नखेल्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button