तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार बिरेन्द्र साहको हत्या अभियोगमा पक्राउ परेका नरेन्द्र जेल चलान

 बारा । पत्रकार बिरेन्द्र साहको हत्या अभियोगमा पक्राउ परेका कुन्दन भनिने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्वपक्षका लागि वीरगंज करागार पठाउने आदेश गरेका छन ।

न्यायधिस खिलनाथ रेग्मीको एकल ईजलासले फौजदारलाई थुनामा राखेर अनुसंन्धान गर्न आदेश भएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिनुभयो । गएको शुक्रवार बहस भएपनि आज थुनथेक बहस भएपछि अदालतले कारागार पठाउने आदेश गरेका हो ।

लागु औषध मुद्धा समेत रहेको हुदा व्यानका लागि कारागारबाट अदालतमा झिकाउने प्रवतmा ज्ञवालीले बताउनुभयो । यो भन्दा अगाडी स्व. पत्रकार साहको हत्यामा संलग्न रहेका मैनेजर गिरी ११ बर्ष जेल सजाय काटी जेलमुतm भईसकेका छन भने रामएकवाल सहनी वीरगंज करागारमा जेल जिवन बिताई रहेका छन् । प्रहरीले आजीवन कारावासको सजायको दावी सहित अदालतमा पेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button