तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भन्सारबाट २ खर्ब ७६ अर्ब बराबरको बस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा वीरगन्ज भन्सार कार्यालय भएर करीब २ खर्ब ७६ अर्ब रुपैयां बराबरको बस्तु आयात भएको छ ।

यस अवधिमा वीरगन्ज भन्सार कार्यालय भएर निर्यात भने २० अर्ब ४० करोड रुपैयां बराबरको भएको छ ।

कारोना भाइरसका कारण भारतले सिमा क्षेत्रमाउच्च सुरक्षा सतर्कता अपनाउंदा मुलुकको प्रमुख नाकाको रुपमा स्थापित वीरगंजमा स्थलमार्ग भएर हुने नेपाल–भारत व्यापारमा कुनै अवरोध नभएको वीरगंज भन्सार र श्रीर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएका छन् ।

कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्र केही धिमा हुँदाको असरले व्यापारको आकार घटे पनि नेपाल–भारत व्यापारमा कुनै अवरोध नरहेको वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख डुण्डीराज निरौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button