तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्सामा बिहानदेखि परेको पानीले दलहन खेतीमा नोक्सान

फाइल तस्बिर

बीरगंज । आज बिहानदेखि लगातार परेको बेमौसमी पानीले बारा र पर्सामा दलहन बालीलाई बढी नोक्सानी पुर्याएको छ ।

पानीले दलहन बालीमध्ये मुसुरो बाली अहिले फुल झर्ने भएकाले किसानहरु बढी चिन्तित रहेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुरका कृषक किसुन पडित कुम्हालले जानकारी दिनुभयो ।

बाराको कुल खेती योग्य जग्गा ६९ हजार नौ सय ६३ मध्ये यस बर्ष ११ हजार छ सय ५३ हेक्टर क्षत्रफलमा दलहन खेती गरिएको कृषि ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

बेमौसमी पानीले बकुला, रहर, मुङ्ग, केराउ छोडेर केही मात्रामा फुल्दै गरेको मुसुरो बालीलाई क्षेति पुग्ने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र प्रसाद यादवले बताउनुभयो ।

पानीले मकै र गहँु बालीलाई भने फाईदा पुग्ने यादवले बताउनुभयो । यसबर्ष बारा जिल्लाका बिभिन्न ठाउँमा गरी २९ हजार चार सय ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती तथा पाँच हजार सात सय ५५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

यसैगरी पर्सा जिल्लामा यसवर्ष नौ हजार तीन सय ६५ विगाहा क्षेत्रमा दलहन बालीको रुपमा मसुरो खेती गरिएको र बिहानदेखिको लगातारको बर्षाले मुसुरोको फुल झर्दा दाना नलाग्ने तथा खेती नै कुहिने सम्भावना रहेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button