तपाईँ सुन्दै हुनुहुन्छः

एसईई परीक्षामा बागलुङबाट पाँच हजार बढि परीक्षार्थी सहभागी हुने

बागलुङ । यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागलुङ जिल्लाबाट झन्डै पाँच हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा २० जना कान नसुन्ने र दुई जना दृष्टिबिहिनसहित जिल्लाबाट पाँच हजार एक सय ७८ छात्रछात्रा सहभागी हुने भएका हुन् ।

जिल्लाकै एकमात्र धौलागिरी बहिरा आवासीय बिद्यालयका कान नसुन्ने २० जना र जनताधन माविका एक जना छात्र र एक जना छात्रा गरी दुई जना फरक क्षमता भएका विद्यार्थी एसईईको परीक्षामा सहभागी हुन लागेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

यस वर्ष परीक्षामा जिल्लाका एक सय पाँच सामुदायिक विद्यालयका चार हजार तीन सय ९५ , ३२ वटा निजी बिद्यालयका सात सय ८३ गरी कुल पाँच हजार एक सय ३७ विद्यार्थी परीक्षामा सहभागी हुने उपाध्यायले बताउनुभयो ।

परीक्षामा सामुदायिक विद्यालय तर्फ दुई हजार ६५ छात्रा र दुई हजार तीन सय ३० छात्रा सहभागी हुने छन भने संस्थागत तर्फ चार सय २१ छात्र र तीन सय ६२ छात्राले सहभागी हुने छन् ।

परीक्षामा ग्रेडवृद्धिका लागि एक सय ८८ र खुल्ला तर्फ ५० जना परीक्षार्थी परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो । प्राविधिक धारतर्फ एक सय २३ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।
जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्या्िदत बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने भएको छ ।

सबै बिद्यार्थीको सिम्बोल नम्बर कायम गरिएको छ । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पठाई सकेको इकाई प्रमुख उपाध्यायको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button