तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर र कैलालीका रानाथारू समुदायले खखडेहरा पर्व मनाउँदै

 कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा मंगलबार खखडेहरा मनाउँदै छन् ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबारका दिन कञ्चनपुर र कैलालीका सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको छ ।

रानाथारु समुदायको महत्वपूर्ण पर्व खखडेहरामा पहिलो पटक सार्वजनिक विदा दिएकोमा नेपाल रानाथारु समाजले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले रानाथारु समुदायको संस्कृति संरक्षण, सम्वर्धन र विकासमा टेवा पुर्याउन दिएको सार्वजनिक विदा राज्यको तर्फबाट पहिलो पटक भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री, मन्त्रीपरिषद् र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button