तपाईँ सुन्दै हुनुहुन्छः

बस र ट्रक ठोक्किँदा चालकसहित १४ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । उक्त दुर्घटना परि १४ जना यात्रु घाइते भएका छन् ।

लम्जुङ्गको भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक २३ दिपक परियार घाँसीकुवास्थित घुम्तीमा एक–आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालकसहित बसमा सवार ११ जना र ट्रकमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये चार जनाको दमौलीस्थित रत्नहरी अस्पताल र १० जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीन जना घाइतेलाई भने पोखरास्थित मणिपाल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

तनहुँ व्यास–६ श्याम्घा बस्ने ४५ वर्षका यामबहादुर सुनार, सोही स्थानकी आठ बर्षिया निलम सुनार र व्यास–११ बस्ने २३ बर्षीय दिपक परियारलाई पोखरा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button