तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले किचेर झापामा एकजनाको मृत्यु

भद्रपुर, झापा । झापामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।हल्दिबारी १ बस्ने १६ बर्षीय विनोद लिङ्देनको हिजो ट्याक्टरले किचेर मृत्यु भएको हो ।

दिउँसो विर्तामोड १० शिवालय साइरन चोकको भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको इँटा बोकेको ट्याक्टरमा सवार कामदार बिनोद लडेको र सोही ट्याक्टरले किच्दा गम्भिर घाईते भएकोमा उनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ट्याक्टर र चालक झापा हल्दिबारी ३ बस्ने दिपक लिम्वु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button