तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा जीप दुर्घटना, ६ जना घाईत

पाँचथर । पाँचथर जिल्लाकोे तुम्बेवा गाउँपालिकामा आज बिहान जिप दुर्घट्ना भएको छ । गाउँपालिकाको केन्द्र मौवाबाट धरानको लागि छुटेको जीप तुम्बेवा २ को सान्दाने भन्ने स्थानमा दुर्घट्ना भएको हो ।

दर्घट्नामा परी छ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक धनकुटा भेडेटारका ३७ बर्षीय चन्द्र मगर, तुम्बेवा २ का ५८ बर्षीय मरिचमान लावती २ कै ४० बर्षिय गजेन्द्र लावती, तुम्बेवा ३ का ४२ बर्षिय, सिरीप्रसाद लावती, ३ कै ३५ बर्षिया रनमाया लावती र तुम्बेवा ४ का लुम्दामाया साँवा रहेका छन ।

दर्घट्नामा घाइते सबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

मौवाबाट धरानतर्फ जाँदै गरेको ना १ ज ५२९७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट भण्डै दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button