२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर प्रवेशको नाका जरायोटारमा सहायता कक्ष स्थापना

निरोज कोइराला २०७६ चैत ७ गते १५:२२

भोजपुर । धनकुटाको लुगुवा भोजपुर प्रवेशको मुख्य नाका अरुण गाउँपालिका वडा नं ६ को जरायोटारमा कोरोना भाइरस सचेतनाका लागि सहायता कक्ष स्थापना गरिएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसबाट सचेत रहनका लागि भोजपुर आउँने र जाने मुख्य नाका जरायोटारमा सहायता कक्ष स्थापना गरिएको अरुण गाउँपालिका वडा नम्वर ७ जरायोटारका वडा अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी चौकी जरायोटार अगाडी स्थापना गरिएको सहायता कक्षले स्थानीय र यात्रुहरुलाई कारोना भाइरसका बिषयमा जनचेतना दिन मद्दत मिल्ने वडा अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

सहायता कक्षबाट सडक प्रयोग हँुदै यात्रा गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण, माक्स वितरणसँगै कोरानाको बारेमा सचेतना जगाईएको जरायोटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भलबहादुर राईले बताउनुभयो ।

सचेतना कार्यक्रममा वडा नम्वर ६ जरायोटारका वडा अध्यक्ष ज्ञानेन्द्र दाहाल, रेडक्रसकर्मी शत्रुधन शाह, प्रसनि राई, समाजसेवी चुडामणी दाहाल, सुरेन्द्र श्रेष्ठ, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।