तपाईँ सुन्दै हुनुहुन्छः

नाम्चेका सबै होटल बन्द

फाइल तस्बिर

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेका सबै होटल बन्द गरिने भएको छ । कोरोनाको विश्वव्यापी रुपमा बढ्दो त्रासका कारण नाम्चे लज एण्ड होटल एसोसियसनले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिमबाट बच्नक उच्च सतर्कता अपनाउनुपर्ने भएकाले शुक्रबारदेखि अनिश्चितकालीन होटल बन्द गर्ने निर्णय गरिएको एशोसिएशनका अध्यक्ष मिङमा शेर्पाद्वारा जारी सूचनामा उल्लेख छ । कोरोनाको त्रास कम हुँदै गएपछि अर्को सूचना प्रकाशित गरी होटल पुनःसञ्चान गर्ने एशोसिएशनले जनाएको छ ।

नेपाल सरकारले सिनेमा हल, म्युजियम, स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत मानिसको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेपछि नाम्चेमा पनि सतर्कता अपनाइएको बताइएको छ । सरकारले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

धार्मिक तथा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गरेपछि होटल बन्द गर्ने निर्णय गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button