तपाईँ सुन्दै हुनुहुन्छः

‘बजारमा नुनको अभाव छैन्’

नेपालगञ्ज । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपालगञ्ज कार्यालयले नुनको पर्याप्त मौज्दात रहेको जनाएको छ । बजारमा नुनको अभाव भएको हल्लासंगै ग्राहकले एकैचोटी धेरै नुन किन्न थालेपछि कार्यालयले एक बर्षलाई पुग्ने नुन मौज्दात रहेको जनाएको हो ।

कार्यालय प्रमुख मनोजकुमार चौधरीले साविकको मध्यपश्चिमका सबै जिल्लामा पुग्ने गरी नुनको मौज्दात रहेको भन्दै चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

उहाँले हाल नुनको मागको अवस्था केही बृद्धि भएको देखिएकाले साविकमा बिक्री वितरण भए सरह बिक्री वितरणको व्यवस्था मिलाउन सबै डिलरहरुलाई जानकारी गराइएको बताउनुभयो ।

कार्यालय प्रमुख चौधरीले किराना पसलहरुलाई पनि सोही बमोजिम वितरणको व्यवस्था मिलाउन डिलरहरुमार्पmत् आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले दाङ्ग, प्युठान तथा रोल्पा जिल्लामा यस कर्पोरेशनको भैरहवाबाट समेत नुनको आपूर्ति हुने गरेको बताउनुभयो । यस कार्यालयबाट आर्थिक बर्ष २०७३/७४ मा १८ हजार आठ सय नौ दशमलब ७०, २०७४/७५ मा १८ हजार तीन सय ४२ दशमलब २५, २०७५/७६ मा १८ हजार एक सय ६४ दशमलब ७५ र चालू आर्थिक बर्षको फागुन मसान्तसम्म १२ हजार १७ दशमलब ६५ मेट्रिक टन नुन विक्रि वितरण भएको छ । अघिल्लो साता तीन सय तीन दशमलब १० र यो साता सात सय ४० दशमलब २५ मेट्रिक टन नुन विक्रि भएको छ ।

कार्यालयमा अहिले १७ हजार दुई सय ६७ दशमलब ६५ मेट्रिक टन नुन मौज्दात रहेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button