तपाईँ सुन्दै हुनुहुन्छः

बिराटनगरमा साप्ताहिक रुपमा लाग्ने हाट बजार आजदेखि बन्द

बिराटनगर । बिराटनगर महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि साप्ताहिक रुपमा लाग्ने हाटबजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

माहानगरपालिकामा आज बसेको सर्वपक्षीय बैठकले बिराटनगरमा लाग्ने हाट बजार चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको महागरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो ।

हाट बजारमा मासुुजन्य पदार्थका खुला बिक्री हुुने र हाटबजारमा धेरै मानिसहरु भिड हुुने गरेकाले त्यसलाई मध्यनजर गर्दै हाटबजार बन्द गर्न आग्रह गरेपछि हाटबजार बन्द भएको मेयर पराजुलीले बताउनुभयो । महानगरपालिका क्षेत्रभित्र साप्ताहिक रुपमा आधा दर्जनभन्दा बढि हाट बजार लाग्ने गरेका छन् ।

यसैगरी महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि बिभिन्न ठाउमा स्वास्थ्य सम्बन्धि जनचेतना मुुलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । प्रदेश न १ को सरकार र महानगरपालिकाका सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको मेयर पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button