तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भोलिदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द हुने

फाइल तस्बिर

नेपालगञ्ज । कोरोनाको बढ्दो संक्रमण रोक्न बाँकेमा भोलिदेखि खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गरिने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्लास्तरीय टास्कफोर्सको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै भोलिसम्म लायन्स डेण्टल अस्पतालमा आइसोलेसन स्थापना गर्ने, वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसोलेसनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button