तपाईँ सुन्दै हुनुहुन्छः

मलिवारा(भिठामोड)बाहेक महोत्तरीका सबै सीमा नाका भोलीदेखि बन्द हुने

महोत्तरी । महोत्तरीमा भोलि (आईतबार)बाट भारतसँग जोडिएको ११ वटा सीमा नाका बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिती महोत्तरीले भारतसँग जोडिएको मलिवारा(भिठामोड) बाहेकको सबै सीमा नाका बन्द गर्ने भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । उहाँले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै ११ वटा नाकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोरोना भाईरस(कोभिड–१९) नेपाल भित्रिन सक्ने उच्च जोखिमका कारण सुरक्षा सतर्कता अपनाउदै समितीले मटिहानी नगरपालिकाका दुई वटा, मनरासिस्वा नगरपालिकाका पाँच वटा, सोनमा गाउँपालिकाका दुई वटा र सम्सी गाउँपालिकाका–दुई वटा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी महोत्तरीमा भारतसँग जोडिएका १२ नाकाहरु रहेका छन् । यी नाका बाहेक समेत नेपाल भारतबीचको सानो छोटीनाका र चोरबाटोहरु समेत नेपाली सुरक्षाकर्मीहरुको तर्फबाट बन्द हुने प्रजिअ खत्रीले बताउनुभयो ।

उहाँले भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने रोक्ने निर्णय भएको बताउनुभयो ।

भारतबाट नेपाल फकर्ने नेपाली नागरिकलाई सीमा नाकाबाट स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिईने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button