तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ३० हजार बढीले स्वास्थ्य बिमा गरे

अछाम । स्वास्थ्य बिमाबाट सेवा पाउन थालेपछि अछाममा स्वास्थ्य बिमा गराउनेको संख्या बढीरहेको छ । बार्षिक रुपमा ३ हजार ५ सय किस्ता तिरेपछि ५ जनाको परिवारका लागि बार्षिक एक लाख सम्मको उपचार खर्च निःशुल्क पाउन थालेपछि यसमा आकर्षण बढीरहेको हो ।

जिल्लामा हालसम्म ३० हजार बढीले स्वास्थ्य बिमा गरेका स्वास्थ्य बिमा बोर्ड अछामले जनाएको छ । जिल्लामा हालसम्म ३० हजार ३ सय ८१ जनाले स्वास्थ्य बीमा गरेका बोर्डका दर्ता अधिकृत मनकला न्यौपानेले जानकारी दिनुभयो । बिमा गर्ने पुरुषको संख्या १३ हजार ५ सय रहेको छ भने महिलाको संख्या करिब १७ हजार रहेको छ ।

बिमितबाट गत आर्थिक बर्ष २०७५/०७६ मा ३० लाख ४२ हजार रुपैया संकलन भएको छ । चालु आर्थिक बर्षमा १० लाख ९८ हजार गरि ४१ लाख ४० हजार रुपैया जम्मा भएको छ ।

जेष्ठ नागरिक, दलित तथा विपन्न, एचाआईभी संक्रिमित, क वर्गको अपांगता भएका व्यक्ति, एमडीआर टिभी र कुष्ठरोगीको बोर्डले निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेको छ । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाको ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा गर्ने गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button