तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाका आजदेखि सात दिनका लागि बन्द

फाइल तस्बिर

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित जुमनाहा नाका आजदेखि एक साताका लागि बन्द गरिएको छ । नेपाल र भारतका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा जमुनाहा नाका एक साता बन्द गर्ने सहमति भएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सीमा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खड्का, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओली, सशस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी तथा भारत बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, बहराइचका एसपी बिपिन कुमार मिश्रासहितको उपस्थितिमा आज भएको दुई पक्षीय छलफलका क्रममा सीमा नाका बन्द गर्ने सहमति भएको हो ।

गत शुक्रबारदेखि सवारी साधनमा रोक लगाइएपनि पैदल यात्रीहरुलाई भने आवतजावत गर्न दिइएको थियो । अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा भने आवश्यकता अनुसार आवागमन गर्न दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button