तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा बस दुर्घटना ४ जना घाईते, ३ जना गम्भिर घाईते


बाजुरा । बाजुराबाट कैलालिका लागि छुटेको बा३ ख ४४१० नम्बरको मालिका यातायातको बस अछाम स्थित चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीररहेको स्थानीयले जनाएका छन । ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि कैलाली रिफर गरिएको र एक जनाको अछाममै उपचार भइरहेको अछाम प्रहरीले जनाकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार दुर्घटनामा चालक श्याम राना सहित बसमा सवार तीन जना घाईते भएको जानकारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button