तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा ४० बेडको आइसोलेसन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा ४० वेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस बिरुद्धको जिल्लास्तरीय समन्वय समितिले २४ घण्टामै ४० बेडको कक्ष स्थापना गरेको हो ।

नेपालगञ्जस्थित खजुरा रोडमा रहेको लायन्स डेण्टल अस्पतालमा उक्त  आइसोलेसन कक्ष स्थापना गरिएको  हो । समन्वय समितिका  संयोजक उमा थापा मगरले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले रातारात आइसोलेसन वेडसहितको अस्पताल तयार गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button