तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १५ शैयाको आईसोलेन र १ सय क्षमताको क्वारेन्टाईन

जुम्ला । जुम्लामा नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शैय्याको आइसोलेन वार्ड र एकसय क्षमताको क्वारेन्टाईन व्यवस्था गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानले आइसोलेसनमा लागि अस्पतालको १५ बेड छुटाएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो ।

उहाँले विपद व्यवस्थापनको बैठकमा साझा सहकार्य गरेमा कोरोना लाई जित्ने सामार्थ्य जुम्लासंग भएको दाबि गर्नुभयो । बिशेषज्ञ चिकित्सक सहितको अस्पताल भएकाले सबैको समन्वय प्रभावकारी भए कोरोना संग सजिलै जुध्न सक्ने क्षमता रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै संकास्पद व्यत्तिको चेकजाँचका लागि जुम्ला बहुमुखी क्याम्पसमा सय बेडको क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो ।

उहाँमा अनुसार आजै जुम्ला विमानस्थल र मुगु जुम्लामा सिमाना नाग्मघाटमा हेल्थ डेक्स स्थापना गरि संचालनमा ल्याईएको छ ।

निर्देशक डा. रावलले भन्नुभयो, हामीले डा. धिरज गुरुङको नेतृत्वमा ‘र्‍यापिड रेस्पोन्स’ टोली निर्माण गरेका छौँ, यसले कोरोनाका सम्बन्धमा आउने समस्याको शीघ्र समाधानमा ध्यान पुर्‍याउनेछ ।

कोरोनाको रोकथामका लागि जुम्लाका पाँच नाकाको आवागमनमा कडाई गर्ने हेतुले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

कालीकोटको नाग्म, मुगु आउनेजाने बुडु र भूलभुले, डोल्पा र जाजरकोट जोड्ने मणिसाँघु, जुम्ला विमानस्थलको आवागमनमा कडाँ जाँच गर्ने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक डा. रावलले बताउनुभयो ।

साथै आजै बसेको विपद व्यवस्थापनको,सिमितले आज राती १२ बजेबाट लागू हुने गरि (लकडाउन) शुरु गर्ने निर्णय भएको छ । अत्याआबश्यक काम बाहेक नागरिकलाई बाहिर ननिस्कन समेत आग्रह गरिएको छ ।

स्थानीयतह संग समन्वय गरि नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङलगायतले आवश्यक वस्तु गाउँमै उपलब्ध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button